नेप्सेले खरिद आदेशतर्फको एओएन सुविधा टीएमएसबाट हटायो

नेप्सेले खरिद आदेशतर्फको एओएन सुविधा टीएमएसबाट हटायो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार (जेठ ३० गते) देखि नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) सुविधा हटाएको छ । नेप्सेले खरिद आदेशमा भएको एओएन सुविधा हटाएको हो । बिक्री आदेशतर्फ भने एओएन सुविधा कायमै राखेको छ । नेप्सेले एओएन सुविधालाई सेयर खरिद आदेश दिंदा प्रयोग गर्न नमिल्ने गरी हटाएकोे हो । बिक्रीतर्फ भने अझै पनि यो अप्सन देखिन्छ । 
 
नेपाल धितोपत्र बोर्डले उक्त सुविधा रोक्न निर्देशन दिएसँगै नेप्सेले उक्त अप्सनलाई बाइङमा रोकेको प्रवक्ता मुराहरी पराजुलीले नेपाली पैसालाई जानकारी दिएका छन् । धितोपत्र बोर्डले अर्को सूचना जारी नभएसम्मको लागि एओएनलाई रोक्न निर्देशन दिएसँगै नेप्सेले उक्त सुविधालाई डिसएबल बनाएको हो । एओएन सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न गरेर चलखेल गर्न नपाउने जानकारहरुले बताएका छन् ।