नेप्सेमा दोहोरो अंकको गिरावट, २ इन्स्योरेन्ससहित ८ कम्पनीको मूल्यमा सर्किट

नेप्सेमा दोहोरो अंकको गिरावट, २ इन्स्योरेन्ससहित ८ कम्पनीको मूल्यमा सर्किट

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
शेयर बजार मापक सूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट देखा परेको छ । मंगलबार ५३.४४ अंकको वृद्धि भएकोमा बुधबार १३.५६ अंकले सूचक घटेको हो ।

अल्पकालीन लगानीकर्ताको नाफा होडले कारोबारको सुरुवाती चरणदेखि नै तीव्र दबाब झेलेको नेप्से सूचक ३०० हजार बिन्दुमाथि पुगेपनि बजारको अन्त्यमा २ हजार ९४६ दशमलव ५६ अंकमा बन्द भएको छ । इन्ट्रा डे कारोबारमा हालसम्मकै उच्च बिन्दु ३००५.६२ सम्म पुगेपनि बजारको बन्द सूचकको आधारमा भने मंगलबार कायम भएको २९६०.१४ बिन्दु नै हालसम्मको उच्च बिन्दु कायम भएको हो ।   

बुधबार २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १ लाख ५५ हजार २३९ पटक खरीद बिक्री हुँदा कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०४ रुपैयाँ पुगेको छ । कारोबारमा आएका ७ समुहको सूचक घट्दा ६ वटाको बढेको छ । 

उत्पादनमुलक सर्वाधिक ३.९७ प्रतिशतले बढेको बजारमा वित्तको सूचक २.०४ र ब्यापार १.९२ प्रतिशतले बढेको छ । निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ । विकास बैंकको सूचक सर्वाधिक ४.८१ प्रतिशतले घट्दा अन्य १.३६ प्रतिशतले घटेको छ । बाँकी समुहका सूचक पनि एक प्रतिशतभन्दा कमले ऋणात्मक रहे ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार

बुधबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६१ करोड ८० लाख, र नेपाल इन्योरेन्सको ५१ करोड ६ लाखको शेयर कारोबारमा आएको छ ।

लुम्बिनी विकास बैंक, युनाइडेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, ज्योति विकास बैंक, प्रभु इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र मुक्तिनाथ विकास बैंकको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको मुक्तिनाथको ३० करोड २५ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

यसदिन कारोबारमा आएकामध्ये ८ वटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेर कारोबार बन्द भएको छ ।

बुधबारको कारोबारमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिइडिबि हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यसैगरी गोर्खाज फाइनान्स र गुडविल फाइनान्सको शेयरका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरैले नाफा कमाएका छन् ।

यूनाइटेड इदिमर्दीको शेयरमूल्यमा नकारात्मक सर्किट

बुधबारको बजारमा यूनाइटेड इदिमर्दी आरबि हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । यस दिन यूनाइटेड इदिमर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले गुमाएका छन् ।  यसैगरी महालक्ष्मी विकास बैंक र साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ प्रतिशत धेरैले घटेको छ । महालक्ष्मी विकास बैंकको ६.३७ प्रशित र साइन रेसुङ्गा डेभलपमेण्टको ६.१५ प्रतिशले घटेको हो ।

मितेरी डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत धेरैका दरले गुमाएका छन् । जानकी फाइनान्स, रिलायन्स फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतभन्दा धेरैले घाटा खाएका छन् ।