अरुण भ्याली हाइड्रोपावरको साढे ४ लाख कित्ता हकप्रद लिलामीमा आउने

अरुण भ्याली हाइड्रोपावरको साढे ४ लाख कित्ता हकप्रद लिलामीमा आउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामी बिक्रीमा आउने भएको छ । कम्पनीले जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदमा ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद शेयर अवितरित भएपछि सो परिमाणको शेयर बिक्रीमा आउने भएको हो ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार रितपूर्वक हकप्रदमा आवेदन दिने २२ हजार ७०६ जनाबाट प्राप्त आवेदनका आधारमा ४८ लाख ०४ हजार ३१३ कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनी सञ्चालक समितिको जेठ १८ गते सम्पन्न बैठकले हकप्रद बाँडफाँड गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा एक बराबर ०.५० कित्ताको अनुपातमा हकप्रद शेयर बिक्री गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुगेको छ ।

साथै, कम्पनीले हकभन्दा बढी शेयर माग गरी आवेदन दिई बाँडफाँडमा नपरेको शेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।