४५.२५ अंकले घट्यो सेयर बजार, राधी विद्युतको सर्वाधिक कारोबार

४५.२५ अंकले घट्यो सेयर बजार, राधी विद्युतको सर्वाधिक कारोबार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
आइतबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएकाेमा आज (साेमबार) भने सेयर बजार घटेकाे छ । साेमबार नेप्से दाेहाेराे अंकले घटेकाे हाे । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा पुग्दा कूल २१९ वटा कम्पनीकाे ४ कराेड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँको कारोबार भएर नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.५८ अंकले घटेर ५००.४७ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ३ कराेड २ लाख ३६ हजार ३ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ६२ करोड २२ लाख ५० हजार ५ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार राधी विद्युत कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।