राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट वितरण हुने ३६.५० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुंजीको १४७.५२ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले बोनस वितरण पश्चात चुक्ता पुंजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्ने जनाएको छ । त्यसपछि  १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो  ।

  हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ । 

\"\"