काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले गति लिइरहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘अर्थतन्त्र पुरुत्थानमा सरोकारवालाको भुमिका’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रले गति लिएको बताएका हुन् ।
अर्थमन्त्री महतले अनावश्यक क्षेत्रमा धेरै लगानी गर्दा पनि समस्या सिर्जना हुने गरेको बताए । शेयर बजारमा पनि मागभन्दा बढि लगानी गर्दा समस्या देखिइरहेको तर क्रमश शेयर बजार सकारात्मक बन्दै गएको उनको भनाइ छ।
यसैगरी उनले देशसँग प्रयाप्त पुँजी हुदा पनि खर्च गर्न समस्या भएको टिप्पणी पनि गरे । साथै सरकारको पुँजीगत खर्चले मात्रै अर्थतन्त्र चलायमान नहुने उनको भनाइ । ‘हाम्रो सामाजिक सुरक्षा कोष दायित्व बढ्दै गएको छ । त्योसँगै पुँजीगत खर्चको दायित्व कम हुनाले बजेटको सिस्टममा समस्या छ यसलाई तहमा ल्याउन २ वर्ष लाग्छ’ उनले भने ।
प्रतिक्रिया