धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न कार्यविधि बनाउने तयारीमा गठन समिति

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न कार्यविधि बनाउने तयारीमा गठन समिति


काठमाडौं – नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समितिको पहिलो बैठक बसेको छ।पहिलो बैठकले रिक्त रहेको रहेको पदमा अध्यक्ष नियुक्तिको कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो।

कार्यविधि बनाएर आगामी बैठकले पारित गर्ने र पारित भए लगत्तै अध्यक्ष नियुक्त गर्न सूचना निकाल्ने अर्थमन्त्रालयले जनाएको छ।