टेरामक्स खरिद प्रकरणमा नाम जोडिएकोबारे सांसद कार्कीको प्रतिक्रियाः अफवाह फैल्याइयो

टेरामक्स खरिद प्रकरणमा नाम जोडिएकोबारे सांसद कार्कीको प्रतिक्रियाः अफवाह फैल्याइयो


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताएका हुन् । उनले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । उनले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गरे ।

उनले भने – ‘अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन । र तपाईहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु । केही कुरा भए म पछि तपाईहरुसँग कुरा गर्नेछु ।’