काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले आज प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने भएका छन् । संघीय सरकार प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ ।
सोही बैठकमा विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकसँगै अर्थमन्त्री ड.महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नेछन् ।
प्रतिक्रिया