काठमाडौं– खेलाडीहरूको खानामा अनिवार्य दूध वा दूधजन्य पदार्थ समावेश गराइदिन डेरी व्यवसायीहरूले खेलकुद मन्त्रालयलाई अनुरोध गरेका छन्।
पछिल्लो समय दुग्ध पदार्थको खपत घट्दै गएकाले खपत बढाउन खेलाडीहरूले खाने खानामा अनिवार्य दूधजन्य पदार्थ समावेश गराइदिन व्यवसायीहरूले अनुरोध गरेका हुन्। दुग्ध पदार्थको माग न्यून हुँदा किसानलाई पशुपालन गर्न कठिनाई भएको नेपाल डेरी एसोसिएसनको भनाइ छ ।
कठिनाईकै कारण व्यावसायीले समयमा भुक्तानी समेत गर्न पाएका छैनन् । जसकारण उनीहरुको दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन असहज भएको एसोसिएसनले जनाएके छ ।
प्रतिक्रिया