काठमाडौं– तेह्रथुम पावर कम्पनीको नाफमा वुद्धि भएको छ । कम्पनीले दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको खुद नाफा ६४ लाख ६२ हजार रुपैयाँ पुगेको जनाएको छ । कम्पनीको गत वर्षको यसै अवधिमा यस्तो नाफा ६ लाख ६२ हजार थियो ।
विद्युतको बिक्री आम्दानीसँगै नाफा बढेको हो । योसँगै विद्युत् बिक्री आम्दानी ९ करोड १ लाख रुपैयाँ पुगेको जनाएको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ८ करोड २७ लाख रुपैयाँ रहेको थियो । वार्षिक प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ २३ पैसा रहेको कम्पनीले जनाएको छ । प्रतिसेयर नेटवर्थ भने जम्मा ६५ रुपैयाँ २५ पैसा छ । साथै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया