लघुवित्तको बोनस शेयर वितरणमा राष्ट्र बैंकको कडाई 

लघुवित्तको बोनस शेयर वितरणमा राष्ट्र बैंकको कडाई 


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले वितरण गर्ने लाभांश (नगद वा बोनस शेयर) सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ।

सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले २० प्रतिशत भन्दा बढि लाभांश घोषणा गर्ने वित्तीय संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने रकम तोकेको छ ।

राष्ट्र बैंकका अनुसार २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ ।