घट्याे डलर, युराे र पाउन्डकाे भाउ, अन्य मुद्राकाे विनिमय दर कति?


बैंकिङ्ग समाचार, काठमाडौं– आज अमेरिकी डलर र पाउन्डकाे भाउ घटेकाे छ ।

शुक्रबार प्रतिडलर आज १३२ रुपैयाँ ७७ पैसामा खरिद र  १३३ रुपैयाँ ३७ पैसामा बिक्री भएकाे डलर १ को खरिददर आज १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यस्तै बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ।  शुक्रबार १ पाउन्ड १६९ रुपैयाँ ८५ पैसामा खरिद र  १७० रुपैयाँ ६१ पैसामा बिक्री भएकाे थियाे ।

यसैगरी यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा तोकिएको छ। अघिल्लाे काराेबार दिन १ युरोको खरिददर आज १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा थियाे ।

यस्ताे छ अन्य मुद्राकाे विनिमय दर