होण्डाले ल्यायो चाडपर्व लक्षित विशेष र आकर्षक योजना,  नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट


काठमाडौं – नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरूका लागि ‘फेस्टिभ अफर : होण्डाको सफर’ नामक विशेष तथा आकर्षक योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूको चाडपर्वलाई अझ विशेष, सुखद र खुसीयालीपूर्ण बनाउने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ होण्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।

साथै, नयाँ कार खरिद गर्ने ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले एक आर्थिक वर्षका लागि सडक कर तथा एक आर्थिक वर्षका लागि पूर्ण बीमा निःशुल्क उपलब्ध गराइएको छ।

गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझ उत्कृष्ट तथा झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र १ वर्षका लागि निःशुल्क सडक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकहरूका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था पनि गरिएको छ। ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै यस योजनामा आकर्षक तथा निकै कम ब्याजदरमा सहज फाइनान्सिङ सुविधा समेत समावेश गरिएको छ।

कम्पनीका अनुसार ‘फेस्टिभ अफर : होण्डाको सफर’ योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ (शुक्रबार) देखि सुरु भई छठ पूजाको दिन अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभर रहेका होण्डा कारका शोरुमहरूमा लागू हुनेछ। कम्पनीले यस योजनाअन्तर्गत होण्डा कार खरिद गर्दा नियम तथा सर्तहरू लागू हुने जनाएको छ।

‘ड्राइभ अ ब्राइटर टुमोरो’ भन्ने नाराका साथ ल्याइएको यस अफरमार्फत होण्डा सीआर–भी, होण्डा एलिभेट, होण्डा सिटी तथा होण्डा सिटी ई:एचईभी जस्ता उत्कृष्ट कारहरू आकर्षक छुट तथा विशेष सुविधासहित घर भित्र्याई आफ्नो तथा परिवारको खुसी दोब्बर बनाउन कम्पनीले सम्पूर्ण ग्राहकवर्गमा आह्वान गरेको छ। यस योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफूलाई पायक पर्ने नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।