वर्षाका कारण घर भत्किदा धनुषामा एक महिलाको मृत्यु  


काठमाडौं – वर्षाका कारण धनुषामा घर भत्किदा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका –११ बर्दिबासस्थित सिन्धुली सडक खण्ड नजिक रहेको आँपगाछी चोकमा घर भत्किएर स्थानीय वर्ष ४२ की कमला श्रेष्ठको मृत्यु भएको हो।

 टिनको छानो भएको काठको घर अविरल वर्षाको कारण पहिरो गई बिहान ९ः५० बजे पुरिएको थियो। घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिज धनुषा, सुरक्षा बेश गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र  नेपाली सेनाको संयुक्त उद्धार टोलले जेसिबिको सहयोगमा शव निकालेर पोस्टमार्टमको लागि बर्दिबास अस्पताल महोत्तरीमा पठाएको छ।