काठमाडौं – सोना खोला जलविद्युत् आयोजना प्रवर्धित ९ मेगावाटको प्रबर्द्धक कम्पनी हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी कार्यका लागि हिमाली हाइड्रो फण्ड लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सोमनाथ कँडेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनालबीच कार्तिक १३ गते शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो।
उक्त सम्झौतामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण शेयर अर्थात् कुल १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ। उक्त शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजनामा कार्यरत कर्मचारी तथा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आईपीओ निष्कासनको प्रक्रियाअन्तर्गत क्यापिटलले आवश्यक विवरणपत्र तयार गर्ने, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने तथा शेयर निष्कासन, बाँडफाँट र बिक्री व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ। यी सबै प्रक्रिया प्रचलित धितोपत्रसम्बन्धी कानुन तथा नियामकीय व्यवस्थाअनुसार अघि बढाइने छ।





About Us
प्रतिक्रिया