महोत्तरी घटनाः म बैंकको मान्छु हुँ, एउटा सिग्नेचर छुटेछ भन्दै लुटियो ६ लाख ३६ हजार रुपैयाँ

महोत्तरी घटनाः म बैंकको मान्छु हुँ, एउटा सिग्नेचर छुटेछ भन्दै लुटियो ६ लाख ३६ हजार रुपैयाँ

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ। गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।

ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई  रकम पठाएका थिए। मोटरसाइकलमा सवार भएर आएक एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरीले जानकारी दिएको छ ।

हरीले बताए अनुसार उक्त व्यक्ती घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि आफु बैंकको मान्छे भएको बताउँदै उसले पैसा भएको झोला लुटको हो । प्रहरी भन्छ, ‘एउटा सिग्नेचर छुटेछ बैंक जानुपर्‍यो भनेर बाइकमा चढाएर बैंकनजिक पुर्‍याएछ त्यसपछि तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भने त्यो मान्छे फर्कियो। पैसा श्रीमतीको झोलामा थियो। पछि झोला लिएर ऊ भाग्यो ।’ 

पैसा लुटिएपछि गिरीले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ। पैसा लुटेर फरार भएका उनको खोजी भइरहेको गिरीले जानकारी दिए।