काठमाडौं – जेनजी आन्दोलनले सुरक्षात्मक चुनौती उत्पन्न गरे पनि प्रहरी प्रशासनले अवस्था सम्हाल्दै शान्ति–सुरक्षामा सक्रियता बढाएको छ । दसैं नजिकिँदै जाँदा मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएका छन् । चाडपर्वका बेला आपराधिक गतिविधि बढ्ने भएकाले यस पटक प्रहरी सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिइरहेको छ ।
जेनजी आन्दोलनपछि प्रहरी प्रशासन पुनः सक्रिय बनेर शान्ति–सुरक्षामा जुटेको हो । यस वर्ष अघिल्ला वर्षको तुलनामा थप सतर्कता अपनाइएको छ । राजधानी काठमाडौंसहित प्रमुख सहरहरूमा अतिरिक्त गस्ती र निगरानी बढाइएको छ । त्यस्तै, यात्रुहरूको भीड हुने स्थानमा ट्राफिक प्रहरीको तैनाथि विस्तार गरिएको छ भने लामो दूरीका यात्राका लागि विशेष योजना लागू गरिएको छ ।
यसैबीच, ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ । यात्रुहरूको भिडभाड हुने स्थानहरूमा ट्राफिक प्रहरीको तैनाथ बढाइएको छ, भने लामो दूरीका यात्राका लागि विशेष योजना लागू गरिएको छ । सुरक्षाका लागि प्रहरीहरू उच्च मनोबलका साथ खटिएका छन् । जेनजी आन्दोलनले तहस नहस बनाएको प्रहरी प्रशासन पुन उठेर शान्ति सुरक्षामा लागि जुटिसकेको हो ।
दसैंको समयमा बढ्ने बजारमा हुने भिडभाड, र बैंक तथा वित्तीय संस्थामा हुने कारोबारलाई ध्यानमा राख्दै सुरक्षा निकायले विशेष योजना तयार पारेका प्रहरीले जनाएको छ ।
दसैंको समयमा बढ्ने बजारमा हुने भिडभाड, र बैंक तथा वित्तीय संस्थामा हुने कारोबारलाई ध्यानमा राख्दै सुरक्षा निकायले विशेष योजना तयार पारेका प्रहरीले जनाएको छ । मुलुकभरका सबै स्तरका प्रहरी बिटमा रहेका कर्मचारीहरू जेलेको प्रहरी कार्यालयमा उच्च मनोबलका साथमा खटिसकेका छन् ।
उपत्यकामा मात्र नभएर गाउँसम्मको सुरक्षामा कडाइ गर्न नागरिक र प्रहरीबीच समन्वय हुने प्रहरी प्रवक्ता विनोद घिमिरेले बताएका छन् । १४ हजार कैदीबन्दीहरू जेनजी आन्दोलनका क्रममा फरार भएका थिए । जसमा अझै पनि आधा कैदीहरू कारागार बाहिर नै रहेका छन् । त्यसैले गर्दा सुरक्षा व्यवस्था सुनिश्चित गर्न प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षाकर्मीहरूलाई देशभर खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयहरू मार्फत बजार, यातायात पार्क, वित्तीय संस्था, मेला महोत्सव स्थलहरू, तथा भिडभाड हुने क्षेत्रहरूमा गस्ती र चेकजाँच कडाइ गरिएको छ । सामान्य पोसाकमा खटिने प्रहरीको संख्या समेत बढाइएको छ, जसले चोरी, ठगी, लुटपाट, साना अपराध र कालोबजारी नियन्त्रणमा सहयोग गर्नेछ । साथै, शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त कारबाही गरिने प्रहरीले जनाएको छ ।
ती घटानहरूलाई समेत मध्य नजर गरेर दिन रात प्रहरीहरू खटिसकेको प्रवक्ता घिमिरे बताउँछन् । सर्वसाधारण पनि यस्तो समयमा अलि सजक हुनुपर्ने उनले बताए ।
दसैंमा यात्रुहरूको संख्या अत्यधिक बढ्ने भएकाले ट्राफिक प्रहरी महाशाखाले मुख्य राजमार्गहरूमा ट्राफिक व्यवस्थापनका लागि अतिरिक्त जनशक्ति खटाएको छ। विशेष गरेर नारायणगढ–मुग्लिन, पृथ्वीराजमार्ग, अरनिको, महेन्द्र र कोशी राजमार्गमा नियमित गस्ती र चेकजाँच तीव्र पारिएको छ । वडा दसैँमा विगतका वर्षहरूमा पनि विभिन्न खालका घटनाहरू घट्ने गरेको उनी बताउँछन् ।
ती घटानहरूलाई समेत मध्य नजर गरेर दिन रात प्रहरीहरू खटिसकेको प्रवक्ता घिमिरे बताउँछन् । सर्वसाधारण पनि यस्तो समयमा अलि सजक हुनुपर्ने उनले बताए । विशेष गरेर बजार क्षेत्रमा, बैंक तथा वित्तीय क्षेत्रमा टान्जेसन बढी हुने सोही घटनालाई मौका छोपेर चोरी गर्ने भएकाले सजग हुन उनले आग्रह गरेका छन् ।
सडकमा समेत बढी गाडी गुड्ने अवस्था, सहरका बस्दै आएकाहरू गाउँ फर्किने नारायणगढ मुगलिन सडक खण्ड चितवनमा समेत पर्ने भएकाले दुर्घटनाका घटनाहरू पनि घट्ने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरी बताउँछन् । पहाडी क्षेत्रमा राजमार्गहरू रहेकाले पहिरोको समेत भय भएकाले गर्दा सजग भई सवारी चलाउन उनीले सर्वसाधारणलाई आग्रह गरेका छन् । बाटो अवरोध नहुने गरी काम भइरहेको उनी बताउँछन् ।
साथै, उपत्यकामा समेत चाडपर्वलाई लक्षित गरी सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका १३ स्थानमा नागरिक सहयता कक्षको स्थापना गरिसकेको छ ।
एआईजी दानबहादुर कार्कीले देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुद पनि उत्कृष्ट सेवा प्रवाह गर्न अनेक प्रयास गरिरहेको सन्दर्भको पृष्ठपोषण गर्दै सञ्चालनमा ल्याइएका नागरिक सहायता कक्षले सुरक्षित यात्राका लागि विभिन्न सूचनाको सङ्कलन गरी यात्रालाई सहज गराउने प्रयास गर्नेमा आफू आश्वस्त रहेको बताएका छन् ।
प्रहरी प्रवक्ता अनुसार, दसैँको माहौलमा कसैले आपराधिक गतिविधि गर्ने प्रयास गरेमा शून्य सहनशीलताको नीति लिएर तुरुन्त नियन्त्रणमा लिइनेछ । गस्ती, सुराकी, सिसिटिभी अनुगमन र नागरिक सतर्कतालाई प्रहरी प्राथमिकतामा राखिएको छ । साथै, प्रहरीहरूलाई २४ सै घण्टा नागरिकको सुरक्षाका नीति खटाइएको प्रवक्ता घिमिरे बताउँछन् । दसैँको अवसरमा अनलाइन ठगी र साइबर अपराध पनि बढ्ने भएकाले साइबर ब्युरो सक्रिय बनाइएको छ । सामाजिक सञ्जाल, ई–कमर्स, मोबाइल बैंकिङ्गलगायत माध्यममार्फत हुने सम्भावित ठगी रोक्न प्रविधियुक्त निगरानी गरिने प्रहरीको भनाइ छ ।
सामान्य पोसाकमा खटिने प्रहरीको संख्या समेत बढाइएको छ, जसले चोरी, ठगी, लुटपाट, साना अपराध र कालोबजारी नियन्त्रणमा सहयोग गर्नेछ । साथै, शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त कारबाही गरिने प्रहरीले जनाएको छ ।
दिनहुँ जसो प्रहरी कार्यालयहरूमा अनलाइन सामान खरिद गर्न फेसबुक टिकटकबाट अडर गर्दा रकम पठाएपछि मान्छे पनि सम्पर्कमा नआउने र रकम पनि फिर्ता नहुने जस्ता घटनाहरू आउने गरेको बताएको छ । जसले गर्दा अनलाइन सामान खरिद गर्दा दर्ता भए नभएका हेर्ने, सुरुमा रकम नपठाउन प्रहरी आग्रह गरेको हो । दसैँमा झनै खरिद बिक्री धेरै हुने भएकाले गर्दा यस्ता अपराधी बढी सक्रिय हुने गरेको सारोकारवाहरू बताउँछन् ।
त्यस्तै, सुरक्षा निकायले नागरिकहरूलाई आफ्नो सुरक्षामा पनि जागरूक बन्न आग्रह गरेको छ । भिडभाडमा ध्यान दिनु, सवारी सचेत रूपमा चलाउनु, अपरिचितबाट आएका फोन र सन्देशप्रति सतर्क रहनु, र कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन प्रहरीले आग्रह गरेको हो ।





About Us
प्रतिक्रिया