ग्लोबल मनी विकः यसरी गरिँदैछ नेपालभर वित्तीय साक्षरताको अभिवृद्धि 

ग्लोबल मनी विकः यसरी गरिँदैछ नेपालभर वित्तीय साक्षरताको अभिवृद्धि 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
यतीबेला सोमबारदेखि सुरु भएको आगामी मार्च २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर ‘ग्लोबल मनि विक’ कार्यक्रम भइरहेको छ । साप्ताहिक कार्यक्रममार्फत युवामा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

के हो ग्लोबल मनी विक ?
वार्षिकरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो । विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ ।  दशौँ शृङ्खलाका रुपमा सन् २०२२ मा मनाइएको ‘ग्लोबल मनि विक’ मा प्रत्यक्षरुपमा १ सय ९  र भर्चुअल माध्यमबाट १ सय ७० मुलुकका चार करोडभन्दा बढी युवाको सहभागिता थियो । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको केन्द्रीय बैंकले जनाएको छ ।
किन मनाउने ? यसो भन्छन बैंकरहरु 
यसै सन्दर्भमा बैंकिङ्ग समाचारसँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध नियामक निकायले निश्चित नाराहरू लिएर युवा लक्षित वित्तीय चेतना बढाउन विगत ११ वर्षदेखि विश्वभरी नै ग्लोबल मनि विक मनाउने गरेको बताएका छन् ।

‘ग्लोबल मनि विक वित्तीय साक्षरताका लागि लिइएको अभियान हो । विश्वभरी. ग्लोबल मनि विक हरेक वर्ष मनाइन्छ । यसको मुख्य उद्देश्य  यमलाई अभियानकै रूपमा विभिन्न किसिमका कार्यक्रम सहित अगाडि बढाउने र युवाहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने हो । यो साता विश्वभरी करोडौं मानिसहरू वित्तीय शिक्षासङ्ग जोडिन्छन् ।’ उनले भने ।

अधिकारीले वित्तीय साक्षरतालाई स्कुल कलेजको पाठ्यक्रममा नै समावेश गरेर लान सकियो भने  थप प्रभावकारी हुने पनि बताएका छन् । वित्तीय साक्षरताको कमीले एक खालको असहिष्णुता, असमझदारीतालाई थप बढावा दिने गरेको पनि गभर्नर अधिकारीको भनाई छ । नबिल बैंकका नायब प्रमुख कार्याकारी अधिकृत मनोज ज्ञावालीले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्न ग्लोबल मनि विकले ब्यक्ति समाज देश र अर्थतन्त्रलाई सहयोग पुग्ने र यसमा नबिल बैंक सहभागी भएको बताएका छन् ।

यस्तै माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले ग्लोबल मनि विकले वित्तिय साक्षरता अभिवृद्धि गर्न निकै सहयोग पुर्याउने र यो एकदमै आवश्यक रहेको बताएका छन् । वित्तिय अनुशासन डिजिटल बैंकिङ जति बढ्छ त्यति नै प्रभावकारी हुने थापाले बताएका छन् । देशमा देखासिखी गर्ने प्रवृति बढिरहेको र यसले वित्तीय चेतनामा कमि ल्याएको पनि थापाको भनाई रहेको छ ।  ‘कति कमाई छ । कति खर्च गर्ने । कति जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्छ । यस्तो  कुरामा ख्याल गर्ने हो भने बैंकिङ्ग सिस्टममा  आउनुपर्ने पैसा बचत भएर आउँछ र यसले तरलता अभावमा पनि कमि ल्याउन सक्छ ।’उनले भने । 

यस्तै नबिल बैंकका नायब महाप्रवन्धक आदर्श बजगाईले विद्यार्थी (युवा लक्षित) ग्लोबल मनि विक लाई  संरचनागत सुधार गर्ने हो भने  विद्यार्थी शिक्षादेखि नै सुरु गर्नुपर्नेे बताएका छन् ।  ‘उच्च शिक्षा आर्जन गरेर पनि पैसा व्यवस्थापनबारे त्यति जानकारी भएको देखिदैन । विद्यालय स्तरबाट नै पाठ्यक्रममा समावेश गर्नुपर्ने र तत्कालै पाठ्यक्रममा समावेश गर्न नसकेपनि स्कुल कलेज, विश्वविद्यालयहरूले महत्वपूर्ण स्थानमा, राखेर वित्तीय क्षेत्रका अनुभवीहरुमार्फत विद्यार्थीलाई वित्तीय साक्षरता दिन सक्ने हो भने एउटा किसिमको समाज विकास हुनसक्छ ।’ उनले भने । विकसित मुलुकमा पाठ्यक्रममै वित्तिय साक्षरतालाई समावेश गरेको र  देशको कुरा गर्दा देशमा उत्पादन बढाउन जोड दिनुपर्ने वैदेशीक रोजगारी जाने संख्या घटाउन जोड दिनुपर्ने उनले बताएका छन् । 

विश्वकै अर्थतन्त्र समस्यामा पर्दा नेपालमा पनि समस्या देखिएको, अप्ठ्यारो स्थिति देखिएको र यो अवस्था पार भएपछि वित्तिय क्षेत्र अझ मजबुत भएर आउने बजगाईले बताएका छन्  ।  तिनै तहको सरकार र नागरीले वित्तीय अनुशासन कायम राखे भविष्य र आउने पुस्ता सजिलो हुनेमा विश्वस्त रहेको उनको भनाई रहेको छ ।  बैंक वित्तीय संस्थाहरूले वित्तिय साक्षरता/सचेतना कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने र यसले गर्दा बैंकिङ पहुँच हरेक ठाउँमा पुग्ने बजगाईले बताएका छन् ।