बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जरमा गएपछि साविक बैंक अफ काठमाण्डूकाे कायम हुन आएको कुल ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता शेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएको हो ।
मर्जर प्रयोजनको लागि रोक्का रहेको बैंकको शेयर कारोबार पनि फुकुवा गरेको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू. २०९ दशमलव ४२ ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर फागुन १० गतेदेखि कारोबारमा आउनेछ ।
यी दुई बैंक १ बराबर १ अनुपातमा मर्जरमा गएका हुन् भने पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । अब बैंक अफ काठमाण्डूका शेयरधनीको खातामा शेयर आएपछि ग्लोबल आइएमई बैंकको नामबाट देखिनेछ ।
प्रतिक्रिया