लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

'तीन दिनमा ३ हजार ६ सय रूपैयाँले बढ्याे सुन'


काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।