बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म १५ दिन बन्द हुने भएको छ । हिमालयन बैंक र सिभिल बैंकको मर्जर भई यहि फागुन १२ गतेदेखि संयुक्त कारोबार गर्ने भएका छन् । संयुक्त कारोबारको घोषणा सँगै मर्जर प्रयोजनका लागि आगामी फागुन १४ गतेदेखि सिभिल बैंकको शेयर कारोबार रोक्का हुन लागेको हो ।
दुई बैंकलाई नेपाल राष्ट्र बैंकले गत माघ १७ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै धितोपत्र बोर्डले माघ २३ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २ गते सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्त गर्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । सबैले अन्तिम स्वीकृति प्रदान गरे सँगै दुई बैंकले यहि फागुन १२ गते शुक्रवारदेखि एकिकृत कारोबार गर्ने भएका हुन् ।
प्रतिक्रिया