सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न सक्ने

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो । यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुका लागि पुस २७ गते बिक्री खुला गरेको थियो ।

बैंकले बिक्री गर्न लागेको उक्त शेयरको मूल्य तोकिएको छैन । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर र मूल्य तोकेर ७ दिनभित्र बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । बैंकको उक्त शेयरमा संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् ।