बैंकले ग्राहकबाट अनुमतिबिनाको सेवामा शुल्क लिएमा १०% थप गरि फिर्ता गर्नुपर्ने

बैंकले ग्राहकबाट अनुमतिबिनाको सेवामा शुल्क लिएमा १०% थप गरि फिर्ता गर्नुपर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था गरेको छ । 

खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न भनिएको छ । 

यसरी दर्ता गरिएको गुनासोमा सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ ।