बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा २३७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को को सोही अवधिमा १७ करोड ५७ लाख नाफा खुद नाफा कमाएको नेपाल लाइफले यो पुस मसान्तसम्म ४४ करोड १ लाख ६० हजार नाफा कमाएको हो ।
गत आर्थिक वर्ष १८ अर्ब ११ करोड रहेको खुद बीमा शुल्क आर्जन रकम अहिले १ दशमलव ६० प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।
कम्पनीको जगेडा कोषमा पनि गिरावट आएको छ । जगेडा कोष ७२ प्रतिशत भन्दा धेरैले घट्दै ४८ करोड ४ लाखमा झरेको छ । ८ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५० करोड पनि नहुँदा कम्पनीको किताबी मूल्य ११६ रुपैयाँ मात्र छ । अघिल्लो वर्ष १३४ रुपैयाँ किताबी मूल्य भएको कम्पनीको किताबी मूल्य १३ दशमलव ६४ प्रतिशतले घटेको छ ।
जीवन बीमा कोष १ खर्ब ५० अर्ब पुगेको छ । समीक्षा अवधिमा जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्ता पुजीँ ८ अर्ब २० करोड रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा छ ।
प्रतिक्रिया