सांग्रिला डभेलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश , बोनस शेयर कति ?

सांग्रिला डभेलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश , बोनस शेयर कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ दशमलव ५३४ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।