९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, ४ बैंकलाई तिरायो ५० लाख जरिवाना

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, ४ बैंकलाई तिरायो ५० लाख जरिवाना


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको हो । नेपाल राष्ट्र बैंकले ४ वटा बैंकलाई नगद जरिवाना तिराएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै ४ वटा बैंकलाई जरिवाना तिराएको छ । राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र नबिल बैंकलाई प्रति बैंक ५० लाख रुपैयाँ जरिवाना तिराएको हो ।

त्यस्तै, नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था ऐन उलंघन गरेको भन्दै केन्द्रीय बैंकले बुँदा नं २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं २, क्र. सं २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७(फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

सानिमा बैंकलाई तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे र सिभिल बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५/३/८ उलंघन गरेको भन्दै कारबाही गरेको छ ।

यस्तै, प्रभु बैंकलाई राष्ट्र बैंकको कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थापना नगरेको कारण राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।

\"\"\"\"\"\"\"\"