कुमारी बैंकको सर्वसाधारणले समेत खरीद गर्न पाउने साढे २७ लाख कित्ता बढी संस्थापक शेयर जारी

कुमारी बैंकको सर्वसाधारणले समेत खरीद गर्न पाउने साढे २७ लाख कित्ता बढी संस्थापक शेयर जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले माघ २६ गतेदेखि २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापकसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १३८ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

फागुन ११ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्ने अवधि तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । रू. १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुृपर्ने छ । यो शेयरको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।