बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११ दशलमव ५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।
बैंकले बुकक्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा उक्त लाभांश जम्मा गरिदिएको हो । साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्रै उक्त नगद लाभांश जम्मा हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया