बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोस बाट “नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ । यससँगै अब बैंकका ग्राहकहरूले मर्चेन्ट प्वाइन्टहरुको फिन पोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको डिभाइसहरूमा आफ्नो एनएफसि उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल पे क्युआरलाई पनि बैंकले आफ्नो फिन पोसमा सुचारु गरेको छ । उक्त फिन पोसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ, बैंकले सुरुवात गरेको पीओएस डिभाइसमा क्युआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो रहेको बैंकले जनाएको छ ।
एनआइएमबिले सुरुवात गरेको पिओएस डिभाइसमा क्युआर र एनएफसि मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएकाे बैंककाे दावी छ ।
एनएफसी प्रविधिमा आधारित नेपालपे ट्यापले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पिटुपि र पिटुएम भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसि सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पिओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपिओएसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।
हाल यो सेवा कनेक्ट आइपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको बैंकले जनाएकाे छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसि इनेबल भएको हुनुपर्दछ ।
हाल नेपालपे ट्यापको कारोबार सीमा प्रति कारोबार ५ हजारसम्म रहेको छ ।
प्रतिक्रिया