सानिमा र रिलायन्स लाइफले एकआपसमा मर्जर प्रस्ताव पारित गर्न डाके साधारण सभा

सानिमा र रिलायन्स लाइफले एकआपसमा मर्जर प्रस्ताव पारित गर्न डाके साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा आब्हान गरेका छन् । यी दुई कम्पनी एकआपसमा मर्जरको प्रक्रियामा रहेका छन् । सानिमा लाइफको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो भने रियान्स लाइफको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । यी दुवै कम्पनीले फागुन १२ गते साधारण सभा आयोजना गर्दैछन् ।

जसमध्ये सानिमा लाइफले सो दिन बिहान ११ बजे धुम्बाराहीस्थित कुण्डलीनी दरबारमा र रिलायन्स लाइफले पनि बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सन्समा साधारण सभा डोकेका छन् । यी दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

दुबै कम्पनीको सभाले दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्दै छ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछन् । यी दुई संस्था १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

दुबै कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने साधारण प्रस्ताव पारित गर्नेछन् । साथै, साधारण सभामा मर्जर सम्बन्धि हालसम्म भएका काम कारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रसताव पेश हुनेछन् ।

कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव छ ।

उक्त सभामा जाने प्रयोजनको लागि दुबै कम्पनीले आगामी माघ २९ गते बुक क्लोज गर्दै छन् ।