बैंकिङ्ग समाचार, काठमाडौं ।
साबिक नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत अर्थात ७३ लाख २३ हजार १६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया