दुई कम्पनीको ५३ लाख बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको ५३ लाख बढि कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्थाको ५३ लाख २३ हजार ५३७ दशमलव ७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१.९४ कित्ता बोसन शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

दुबै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।