सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतवार काठमाडौं ठमेलको छायादेवी कम्प्लेक्स स्थित अलोफ्ट होटलमा सम्पन्न भएको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पारित गरेको छ । साथै सभाले कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका  दाबा फूटी शेर्पा र  अभिनव ज. व. राणाको नियुक्ती अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक  श्रीमान कार्कीको नियूक्तिलाई अनुमोदन गरेको छ ।