नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा विक्री गर्नका लागि बैंकले सोमवार पुनः सूचना जारी गरेको छ ।

प्रतिकित्ता रू. ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन बैंकले भनेको छ । 

तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि बैंकले भनेको छ ।