आरपीएस मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

आरपीएस मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना आरपीएस/कनेक्ट आईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । 

आरपीएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजार रूपैयाँसम्मको भुक्तानी मा २ रूपैयाँ र सो भन्दा माथी २० लाख रूपैयाँसम्मको भुक्तानीमा ५ रूपैयाँ कारोबार शुल्क लाग्नेछ । 

हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।