आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारणसभा सम्पन्न, ६% बोनस लाभांश पारित

आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारणसभा सम्पन्न, ६% बोनस लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमवार होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो  । 

सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू, वासलात, नाफा नोक्सान, हिसाव लगायतका अनुसूचीहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३१ प्रतिशत नगद गरि कुल ६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य छन् ।

सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम कपनीको प्रबन्धपत्र र नियमावली समय सापेक्ष रुपमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो बमोजिम फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।