राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बढिको ट्रेजरी बिल बोलकबोल गर्ने

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बढिको ट्रेजरी बिल बोलकबोल गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) १० अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड  रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।