वाणिज्य बैंकहरुमध्य सर्वाधिक नबिल बैंकले कमायो करिब साढे ३ अर्ब नाफा, ईपीएस कति ?

वाणिज्य बैंकहरुमध्य सर्वाधिक नबिल बैंकले कमायो करिब साढे ३ अर्ब नाफा, ईपीएस कति ?

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ३ अर्ब खुद नाफा कमाएको छ ।

नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.६७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेर ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६८.६२ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेर ४ अर्ब ८६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ११.०४ प्रतिशत घटेर २६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ, निक्षेप ६.५१ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ र कर्जा १७.१३ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।