बैंकिङ्ग समाचार, काठमाडौं ।
साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ कराेड कित्ता शेयर माघ ५ गते नेप्सेमा सूचीकृत भएको हो ।
दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा मर्जर सम्झौता गरेका थिए ।
मर्जर पश्चात कम्पनीको शेयरलाई नेप्सेले ३६७ रुपैयाँ ५० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा अर्काे आइतवारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।
मर्जर पश्चात बनेको कम्पनीको शेयरलाई नेप्सेले एसजिआईसी (SGIC) कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा आइतवारदेखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।
प्रतिक्रिया