कुमारी र एनसीसी बैंकको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत

कुमारी र एनसीसी बैंकको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नाममा माघ ५ गते नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) मा माघ ४ गतेनै दर्ता गराईसकेको छ । साविक कुमारी बैंकको १४ करोड ७१ लख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको हो । 

कुमारी बैंक र एनसीसी बैंककले कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् । १ बराबर १ शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आइतवारदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् ।