बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेड, रु रु जल विद्युत् परियोजना लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा मेगा बैंकको ६४ लाख ४८ हजार १८४ दशमलव ५८ कित्ता त्यस्तै रु रु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६ दशमलव शून्य ५ कित्ता बोनस शेयर सूचीकृत भएको छ र गुराँस लाइफको १५ लाख ५१ हजार २ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यी कम्पनीहरुको बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।
मेगा बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर त्यस्तै रु रु जलविद्युत परियोजनाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर र गुराँस लाइफले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ४४ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।
प्रतिक्रिया