प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सिटिजन लाइफको साधारण सभा माघ १५ मा

प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सिटिजन लाइफको साधारण सभा माघ १५ मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । पुस १७ गतेको सञ्चालक समितिको बैठकले अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । नयाँ जीवन बीमा कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने विषय पनि सभामार्फत पारित गर्नेछ । सञ्चालक नियुक्ति अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तिको विषय समेत सभाले स्वीकृति दिनेछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।