कृष्ण बाबु घिमिरे (बैंकर)
सामान्य भाषामा भविष्यमा हुन सक्ने क्षति,हानी,नोक्सानी वा अनिश्चितताको अवस्था नै जोखिम हो । यो सम्भावना वा अनिश्चितता बीचको अवस्था हो । जोखिमको अर्थ विषयअनुसार फरक हुनसक्छ । गाडी घोडा चड्नेहरुको लागि जोखिम भनेको दुर्घटना हो भन्ने जनाउँछ । त्यसैगरी खेलाडीको लागि जोखिम खेलमा हार्ने सम्भावनालाई जनाउँछ । विद्यार्थीको लागि परिक्षामा पास फेल भन्ने जनाउँछ त्यस्तै लगानीकर्ताको लागि जोखिमले सम्पूर्ण लगानी डुब्ने वा आस गरेभन्दा बढी कम आम्दानी हुने सम्भावनालाई जनाउँछ । यि सबै सम्भावित परिमाणहरुमा एउटा साझा तत्व हो जोखिम जुन सबैले चाहदैनन् । वित्तशास्त्रमा जखिमको अर्थ लगानी प्रतिफलको उत्तारचढाव हो । त्यसैले अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने सम्भावनालाई जोखिम भनिन्छ । सम्भावना र अनिश्चत जोखिमका जन्मदाता हुन् । सतप्रतिशत निश्चित र सतप्रतिशत अवस्थामा जोखिमको अस्तित्व रहदैन । यसको अस्तित्व शुन्य भन्दा माथि र एक भन्दा तल मात्र रहन्छ । जोखिम र प्रतिफल बीच साझा सम्बन्ध पनि हुन्छ । जसरी तोरीको दाता भित्र तेल र दुध भित्र घिउ लुकेको हुन्छ । त्यसैगरी सम्भावना र अनिश्चत भित्र अवसर अजिन जोखिम भित्र प्रतिफल लुकेर बसेको हुन्छ । भनिन्छ 'High Risk High Return, and Low Risk Low Return'
वित्तिय संस्थाहरुको व्यवस्थापनको सन्दर्भमा जोखिमलाई यसरी प्रस्ट्याउन सकिन्छ ।
कर्जा सम्बन्धी जोखिम
सबै वित्तिय संस्थाहरुको प्राथमिक काम भनेको कर्जा दिने र लिने हो । वित्तिय संस्थाहरुले तोकिएको समयमा ब्याज पाउने र भविष्यमा साँवा फिर्ता पाउने हेतुले कर्जा दिने गर्दछन । तर केही ऋणीहरुले ब्याज र साँवा भुक्तानी गर्न सक्दैनन । यसरी साँवा र ब्याजको भुक्तानी दिन नसक्नुलाई कर्जा जोखिम भनिन्छ । सबै प्रकारका वित्तिय संस्थाहरुले यस्तो जोखिम बहन गर्नु पर्दछ । वित्तिय संस्थाहरुको मुनाफामा कर्जा जोखिमको प्रभाव बढी हुन्छ । कर्जा जोखिमले वित्तिय संस्थाको गुणस्तरमा नकारात्मक असर पर्दछ ।
तरलता सम्बन्धी जोखिम
वित्तिय संस्थाहरुको लागि तरलता सम्बन्धी जोखिम गम्भिर प्रकृतिको हुन्छ । यस्तो अवस्थामा संस्थाहरुको नगद अकस्मात बहिर्गमन बढ्छ । फलस्वरुप आफ्नो सम्पत्तिलाई कम मूल्यमा बेच्नुपर्ने अवस्थामा आउँन सक्छ । यसलाई नै तरलता जोखिम भनिन्छ । निक्षेपकर्ताले मागेको बखत दिन नसक्ने अवस्था तरलता जोखिम हो । तरलता सम्बन्धी जोखिमलाई दायित्व तर्फको तरलता जोखिम र सम्पत्ति तर्फको तरलता सम्बन्धी जोखिम गरी बुझ्न सकिन्छ । वित्तिय सरचनाले तरलताको दिर्घकालिन हुनसक्छ । यसले वित्तिय संस्थाको नगद मौदात र गुणस्तर दुबै शुन्यमा झार्न सक्छ ।
ब्याजसम्बन्धी जोखिम
ब्याज सम्बन्धी जोखिम ब्याजदरमा आउने तिब्र उत्तरचढाव र सम्पत्ति तथा दायित्वको भुक्तानी समयको विमेलले हुनसक्छ । ब्याजदर सम्बन्धी जोखिम पुनःकर्जा जोखिम र पुनःलगानी जोखिम गरी २ प्रकारका छन् । दायित्वको भुक्तानी अवधी सम्पत्तिको भुक्तानी अम्दानी भन्दा कम भएको अवस्थामा ब्याजदरमा लचकता पैदा हुुनसक्छ । तसर्थ यसलाई नै ब्याजदर सम्बन्धी जोखिम भन्न सकिन्छ ।
बजार जोखिम
खासगरी बजार सम्बन्धी जोखिम वित्तिय संस्थाहरुले धितापत्रको कारोबारमा संलग्न भएको कारणले सिर्जना हुन्छ । बजार सम्बन्धी जोखिम ब्याज सम्बन्धी जोखिम र वैदेशिक विनिमय जोखिम भन्दा अतिरिक्त जोखिम हो । समयको परिवर्तनशिल गतिको साथमा वित्तिय संस्थाहरुको परम्परागत भुमिकामा परिवर्तन आएको छ । आफ्नो बजार ओगट्न तथा विस्तार गर्नको लागि वित्तिय संस्थाहरुले विभिन्न नयाँ– नयाँ काम गर्ने गरेको पाईन्छ । सन् १९९५ मा दुई बर्ष पुरानो व्रिटिश मर्चेन्ट बैंक बोरिङ्ग, धितोपत्रको कारोबारमा भएको घाटालाले गर्दा असफल भयो । सो समयमा १ महिनामा १.२ अर्ब डलरभन्दा बढी घाटा ब्यहोर्नु पर्याे । बजार नबुझी धितोपत्रको कारोबार गर्दा ठुलो जोखिम ब्यहोर्नु पर्दछ ।
वासलात बाहिरको जोखिम
बासलत बाहिरको जोखिमहरु भन्नाले प्रतितपत्र आजभोलि वित्तिय संस्थाहरु यस्ता कारोबारमा बढी संलग्न भएको पाईन्छ । तत्काल वासलासमा नदेखिएको भविष्यमा, दायित्वमा परिणत हुनसक्ने भएकोले जोखिम उच्च हुन्छ । विदेशी विनिमय सम्बन्धी जोखिम वित्तिय सेवाहरुको बढ््दो भू–मण्डलीकरणको कारणले गर्दा वित्तिय संस्थाहरुको विनिमय सम्बन्धी जोखिम पनि बढ्दो छ । वैदेशीक विनिमय दरमा घटबड हुँदा वित्तिय संस्थाहरुको विनिमय दरमा घटबड हुँदा वित्तिय संस्थाहरुको विदेशी मुद्रामा भएको सम्पत्ति र दायित्वको मूल्यमा हुनसक्ने प्रभावलाई जनाउँछ ।
सार्वभौम जोखिम
विदेशी सरकारको हस्तक्षेबाट विदेशी ऋणीलाई लिएको कर्जाको भुक्तानी नहुन सक्दछ । विदेशी सरकारको हस्तक्षेपबाट कर्जा असुली नहुने जोखिमलाई सार्वभौम जोखिम भनिन्छ । यो जोखिमलाई राष्ट्र चुनौती भनिन्छ ।
प्रविधी तथा सञ्चालक जोखिम
विश्वव्यापी रुपमा बदलिदो प्राविधिक विकासले वित्तिय संस्थाहरुले दिने सेवामा क्रान्ति नै ल्याएको छ । वित्तिय संस्थालाई प्रविधीसँगै समायोजन हुन अति नै कठिन छ । प्रविधी सम्बन्धी जोखिम भनेको अपर्याप्त वा कमजोर आन्तरिक प्रणाली कमजोर कार्य पद्धति, अपर्याप्त जनशक्ति वा कुनै बाह्य कारणले हुन सक्ने सम्भावित नोक्सानीलाई सञ्चालन जोखिम भन्न सकिन्छ ।
दामासाही सम्बन्धी जोखिम
वित्तिय संस्थाहरुको सम्पत्तिको मूल्य यिनीहरुको दायित्वको तुलनामा अकस्मात कम हुन सक्छ । यस्तो अवस्थमा वित्तिय संस्थाहरुसँग अकस्मात परेको मुल्यलाई पुरा गर्नको लागि आवश्यक पूँजी नहुन सक्दछ, संस्थाहको यस्तो जोखिमलाई दामासाही सम्बन्धी जोखिम भनिन्छ ।
वित्तिय संस्थाहरुले खेल्नुपर्ने अन्य जाखिमहरु:
१) करको दर आकस्मात परिवर्तन हुनु ।
२) कानुनी नियम परिवर्तन हुनु ।
३) मुद्रास्फीति दर
४) रोजगारीको अवस्था
५) आर्थिक सूचक आदीले संस्थाहरुको जोखिमलाई प्रभाव पार्दछ ।
यो लेख वित्तिय संस्थामा आवद्ध नयाँ तथा पुराना कर्मचारीहरुको ज्ञान अभिवृद्धि गर्न, संस्थागतहरुको ज्ञान अभिवृद्धिका साथै, स्नातक तह र स्नातोकोत्तर पढ्ने विद्यार्थीहरुको लागि ज्ञान अभिवृद्धिमा सेवा पुगोस भन्ने आशामा लेखिएको लेख हो । लेखक एक बैंकर हुन ।



About Us
प्रतिक्रिया