काठमाडौं- ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। अध्यादेश जारी भएपछि अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत अधिकारीहरू पदमुक्त भएका छन्।
सूचनाका अनुसार कर्मचारी सञ्चय कोषमा अध्यक्षका रूपमा कार्यरत राजश्व सचिव भूपाल वराल ,सदस्यहरूमा डा. धनिराम शर्मा, ईश्वर कार्की र विनोद थापा पदमुक्त भएका छन्।
साथै, प्रा.डा. तारा प्रसाद भूसाल र देवेन्द्र रमण खनाल पनि सदस्य पदमुक्त भएका छन्। कोषका प्रशासक जितेन्द्र धिताल पनि पदमुक्त भएका छन्। त्यस्तै, नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली तथा कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भएका छन्।
यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था अन्तर्गत परिषद्का सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी र श्याम प्रसाद भण्डारी पदमुक्त भएका छन्। लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुंगेल तथा सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइटेल र पोषराज नेपाल पनि पदमुक्त भएका छन्।
यस्तै, लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौला र सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणी दाहाल तथा गणेशराज राई पनि पदमुक्त भएका छन्। नेपाल धितोपत्र बोर्डका सदस्य पिताम्वर भण्डारी पदमुक्त भएका छन् भने निक्षेप तथा कर्जा सुरक्षण कोषका सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन्। उक्त कोषमा एक सदस्य पद यसअघि नै रिक्त रहेको थियो।
त्यसैगरी, नेपाल बीमा प्राधिकरण अन्तर्गत जीवन बीमा समूहका सदस्य डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् भने निर्जीवन बीमा तर्फको एक सदस्य पद यसअघि नै रिक्त रहेको छ।



About Us
प्रतिक्रिया