बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेड ‘The HRM Awards for Corporate Excellence 2022’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘HRM – Corporate Excellence in Financial Institution’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।
पौष १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए । ग्राहकहरू प्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले बताएको छ ।
यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।



About Us
प्रतिक्रिया