एभरेष्ट बैंकद्धारा धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई २ लाख २६ हजार सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ ।

बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि २ लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हाे ।

बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए ।

एभरेष्ट बैंकले १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।