बैंकिङ्ग समाचार, काठमाडौं ।
आज चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको हो ।
यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेसँगै पुस १३ गते आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । नेपाल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र कर समेत गरेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
त्यसैगरी प्राइम कमर्सियल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्याक्वेट बबरमहलमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग बाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अर्पण ब्याक्वेट काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।



About Us
प्रतिक्रिया