बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।
गत पुुस १२ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया