महालक्ष्मी विकास बैंकले १०.४७% लाभांश पारित गर्न पुस २९ मा बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले २१ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लैनचौर ब्याङ्क्वेटमा उक्त दिन बिहान १० बजे शुरु गर्ने कम्पनीले जनाएकाे छ।

सभाले ४ प्रतिशत बोनस शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।